नेपालमा थप ८९ जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन २४, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुण २४, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ३९९ जनाको नमुना परीक्षण गर्दा ४० महिला र ४९ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ८१० पुगेको छ । उनीहरुमध्ये थप १ जनासहित हालसम्म ३ हजार ११ जनाको मृत्यु भएको छ । यस्तै गत २४ घण्टामा ४२ जना निको भएसँगै २ लाख ७० हजार ९२७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ८७२ रहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस